सुनको भाउ ओरालो लाग्ने क्रम जारी !



काठमाडौं । पछिल्लो केहि समय आकाशिएको सुनको भाउ मंगलबार तोलामा ८०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार १०० रुपैयाँ तोकिएको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि पछिल्ला केहि दिन यता सुनको भाउमा गिरावट आएको छ। अघिल्लो दिन सोमबार प्रतिअउन्स दुई हजार २९ डलरमा किनबेच भएको सुन, मंगलबार भने प्रतिअउन्स दुई हजार १५ डलरमा कारोबार भएको छ।

सुनको भाउ ओरालो लागेतापनि चाँदीको भाउ भने मंगलबार उकालो लागेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्