बोहोरा हत्या काण्डमा संलग्नलाई सार्वजनिक गरिदै



न्युज अफ नेपाल, काठमाडौँ ।

टोखा नगरपालिका १० नवज्योती मार्गमा भएको विभत्स हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीए प्रहरी परिसर काठमाडौँ र महानगरीए अपराध महाशाखाको टोलीले संयुक्त पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । हत्यामा संलग्न कल्पना मुभरी पौडेल र मृतक कृष्णबहादुर बोहोराबीच शारीरीक सम्बन्ध रहेको खुलेको छ । पछिल्लो समय उनीहरुबीच पैसा लेनदेनको कुरामा विवाद बढेको थियो । सोह रिसमा आएर पौडेलले बोहोरालाई आफ्नो कोठामा बोलाई हत्या गरेकी थिइन् ।

यस्तै, मृतको शव व्यवस्थापनमा पौडेलकी छोरी समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्