कोरोना भाइरस नियन्त्रण हुने डब्ल्युएचको आशा, उदाहरणमा न्युजिल्यान्ड



लन्डन (एजेन्सी)
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसविरुद्धको विश्वब्यापी युद्धमा अब नयाँ आशाको किरण देखिएको जनाएको छ । डब्ल्युएचओका प्रमुख टेड्रोस अदनोम गेब्रयससले कोरोना महामारी नियन्त्रण गर्न अहिल्य पनि धेरै ढिलो नभएको बताए । उनले विश्वभरीका देशलाई समाजलाई खोल्नका लागि कोरोना भाइरस फैलनबाट रोक्न अपिल गरेका छन् ।
ट्ड्रोसले यस हप्ता कोरोना भाइरस सक्रमितहरुको संख्या दुई करोड पुग्ने र करिब ७ लाख ५० हजारको मृत्यु हुन सक्ने अुनमान लगाएका थिए । डब्ल्युएचओका प्रमुख टेड्रोसले सोमबार भने – यो आंकडाको पछाडी अत्यन्त दुख र पिडा लुकेको छ ।
भाइरस विरुद्ध लड्ने कुनै नयाँ रणनिति नबताए पनि विश्वका लागि न्युजिल्यानडको उदाहरण दिँदै उनले भने – नेताहरुले उपाय गर्नका लागि कदम चाल्नु पर्छ र नागरिकहरुलाई नयाँ उपाय अपनाउनु आवश्यक छ ।
न्युजिल्यान्डमा सय दिन देखि भाइरस संक्रमणको कुनै मामिला आएको छैन । हालै मात्र बेलायत र फ्रान्स सहित देशहरुले जुन उपाय अवलम्बन गरेको छ, त्यो नयाँ संक्रमण रोक्नका लागि आवश्यक विशिष्ट रणनितिहरु मध्यको एक राम्रो उदाहरण भएको ट्ड्रोसले बताए । यसबीच विश्व स्वास्थ्य संगठनको आपत सेवा प्रमुखले कोविड १९ अन्य भाइरस जस्तो मौसमको हिसाबले नचल्ने पनि जानकारी दिए ।
इन्फ्लुएन्जा जस्ता भाइरस संक्रमण मुख्य रुपमा जाडोमा हुने गर्छ । तर कोरोना भाइरस महामारी गर्मीमा पनि प्रकोप देखाइरहेको छ । जबकी केही वैज्ञानिक तथा नेताहरुले पहिला पुर्वानुमानमा गर्मीमा कोरोना भाइरसको असर कम हुने बताएका थिए । डाक्टर रियानले भने – भाइरसले अहिलेसम्म मौसमको हिसाबले प्याटर्न देखाएको छैन । यसले यदि तपाई भाइरसको दबाव हटाउने हो भने त्यसले जवाफ दिन्छ भन्ने स्पष्ट देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्