एलजीको वेवसाइटबाटै सेवा



काठमाडांै, (नेस)
सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाइट लन्च गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनको बारेमा जानकारी दिनुका साथ साथै तुलना पनि गर्न सक्नेछन् ।

यस वेबसाइटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेन्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् ।

एलजीको कुनै पनि नया“ उत्पादन आएको र सोको विशेषता वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । एलजीको उत्पादनमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

वेबसाइटले एलजीका सबै उत्पादनहरु जस्तै एलईडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, एयर प्युरिफायर, भ्याकुमक्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरुको बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्