नक्कली सार्वजनिक



गायक दीपेन्द्र बुढाकेशरीले नक्कली बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।
युवायुवती बीचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ। च्यान्ज र थड आईको शब्द तथा दीपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ। प्रेमिकाको मायामा आफू निकै पागल भएको भावना गीतमा व्यक्त गरिएको छ।
भिडियोमा दीपक गिरी र नवीन गिरीको छायांकन, निशान एसकेको सम्पादन तथा निर्देशन रहेको छ भने पुजन घिमिरे, समीर खान, भरत कढायत, दिनेश कढायत, जनिश गिरी, रूपक रोकाया, काशिष, सविता आले, सन्देश, सरिता मगर, दीपेन्द्र बुढाकेशरी र सुष्मा कोइरालालाई फिचरिङ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्