विवादास्पद नियुक्ति खारेज गर्न टिआई नेपालको माग



काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई)नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाएको छ । टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले आज विज्ञप्ति जारी गरी विवादास्पद छविका व्यक्तिलाई नियुक्त गरिएकाले खारेज गर्न माग गर्नुभएको छ ।

“विश्वभरिका लगानीकर्ताको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्तिको छनोट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा नागरिकस्तरमा आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्