ट्विटर पनि टिकटक किन्ने तयारीमा



बेइजिंग,( एजेन्सी)

टिव्टरले टिकटकका चिनिया मालिक बाइटडान्ससंग सम्पर्क गरेर त्यसको अमेरिकी अपरेसन खरिद गर्ने इच्छा प्रकट गरेको छ । भिडियो – सेयरिंग प्लेटफर्म केहि साता यता यसको स्वामित्व वार्तालाई लिएर चर्चाको केन्द्रविन्दुमा रहँदै आएको छ । गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले राष्ट्रिय सुरक्षालाई मध्य नजर राख्दै ४५ दिन भित्र टिटकसंग कुनै व्यापार व्यवशाय नगर्न कम्पनीहरलाई आदेश दिएका थिए ।

यसअघि विशाल प्रविधि कम्पनी माइक्रोसफ्ट टिटक किन्न अग्रस्थानमा रहेकोमा अहिले ट्विटर संभावित खरिदकर्ताको रुपमा उभिएको छ । तर वाल स्ट्रिट जर्नलमा उल्लेखित श्रोतहरु अनुसार टिव्टर चिनिया मालिबाट टिकटक किन्न आर्थिक रुपमा सक्षम छ वा छैन र यो कार्य पनि ४५ दिन भित्र गर्न ट्विटरले सक्छ वा सक्तैनन् भन्ने स्पष्ट भएको छैन ।

टिकटकको अमेरिकी संचालनको मूल्य स्पष्ट तोकिएको छैन तर यो दसौं अर्व अमेरिकी डलर पर्न सक्ने अनुमान गरिएको छ । ट्विटरको बजार पुँजी करिव २९ अर्व डलर रहेको छ । तर विशेषज्ञहरुका अनुसार माइक्रोसफ्टलाई भन्दा ट्विटरलाई सम्झौतामा पुग्न नीति नियमको आधारमा बढि सजिलो हुनेछ । ट्विटरका प्रवक्ताले यसबारे कुनै पनि प्रतिक्रिया दिन अस्विकार गरेका छन् । विविसिले सम्पर्क गर्दा टिकटकले पनि कुनै टिप्पणी दिएको छैन ।

ट्रम्पले आफुसंग अमेरिकी कम्पनीहरुलाई सहकार्य नगर्न कार्यकारिणी आदेश जारी गरेपछि टिकटकले उनी विरुद्ध कानुनी लडाईं लड्ने चेतावनी दिएको थियो । यसको साथ ैटिकटकले ट्रम्पको व्यवहारले स्तब्ध भएको जनाएको थियो ।दुई मुलुकबिच तनाव बढिरहेकोबेला अमेरिकी सरकारले चिनिया स्वामित्वमा रहेको मेसेजिंग एप विच्याट माथि पनि प्रतिवन्ध लागएको छ ।

प्रतिक्रिया दिनुहोस्