हंगकंगका चर्चित संचार व्यवसायी पक्राउ



हंगकंग,(एजेन्सी)

चीनको विशेष प्रशासकीय क्षेत्र हंगकंगका नामुद संचार व्यवसायी जिम्मी लाइलाई विदेशी सुरक्षा फौजसंग अवैध समबन्ध रहेको अभियोगमा प्रहरीले सोमवार पक्राउ गरेका छन् । साथै उनको अखवारको कार्यालयमा पनि छापा मारिएको छ ।

चीनले गत जुनमा लागु गरेको विावादास्पद नयाा सुरक्षा कानुन अन्तर्गत पक्राउमा पर्ने यिनी पहिलो सबैभन्दा उच्च प्रभाबशाली व्यक्तित्व रहेको बताइएको छ । गत वर्ष हंगकंगमा शुरु भएको विारेध प्रदर्शनका समर्थक रहेका उनी प्रजातन्त्रका अनन्य हिमायती मानिन्छ ।

हंककंगमा कुनै पनि अपराधमा मुछिएका व्यक्तिलाई थप अनुसनधान र कारवाहिका लागि मुख्य भुमि चीनमा सुपुर्दगी गर्ने सम्बन्धी प्रस्तावित विधेयकलाई शुरु भएको सो सडक प्रदर्शनले पछि थप प्रजातन्त्रको माग गर्न थालेको थियो ।

वेलायतको नागरिकता पनि रहेका ७१ वर्षिय लाइलाई गत फेब्रअरीमा पनि अवैध जमघट र हस्तक्षेपको अभियोगमा प्रहरीले गिरफतार गरेका थिए । तर उनलाई त्यतिवेला जमानतमा रिहा गरिएको थियो ।
चीनको सरकारी अखवार ग्लोबल टाइम्सले सोमवार लाइलाई ‘ हुलदँगाका समर्थक ’ को संज्ञा दिनुका साथै उनको प्रकासन संस्थाले लामो समय देखि चीन विरुद्ध हल्ला र घृणा फैलाउने काम गरिरहेको आरोप लागएको छ ।

प्रतिक्रिया दिनुहोस्