काभ्रेमा पहिलो पटक कोरोनाबाट महिलाको मृत्यु



मोतीराम तिमल्सिना,काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको साविक अनेकोट गाविस हालको पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट पुरानो गाविस भवन गँगले टोल घर भएकी ५० बर्षिया महिलाको उपचारको क्रममा निधन भएको छ । काठमाडौको किस्ट अस्पतालमा उपचार गर्दा गर्दै निधन भए पछि महिलाको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उहाँमा कोराना देखिएको हो ।

‘सामान्य ज्वरो र छाति दुखेको कारण उहाँलाई तत्काल अस्पताल पु¥याईएको रहेछ’– पाँचखाल नगरपालिका वडा नम्वर २ का अध्यक्ष हरि खतिवडाले भन्नुभयो–‘असार २४ गते शनिबार उहाँलाई घरबाट पाटन अस्पतालमा उपचार गराउने भन्दै गाउँकै ट्याक्सि खोजेर लगिएको थियो ।’ सामान्य परिवारका सदस्य उनिहरुको समुदायसँग आवतजावत कम छ ।

तीन छोरी र दुई छोरा रहेका महिलाका घरमा कहिलेकाँहि काठमाडौबाट छोरा छोरीका साथिहरु आउने गरेका थिए । त्यो बाहेक घरमा कोहि नआएको परिवारका सदस्यले जानकारी दिनु भयो । पाटन अस्पतालमा उपचार नभए पछि महिलालाई आईतबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो । महिलालाई निमोनिया तथा छातिको समस्या देखिएको थियो । भेन्टिलेटरमा उपचारार्थ महिलाको सोमबार विहान ९ बजे मृत्यु भएको थियो ।

मृत्यु पश्चात उहाँको कोरोना परिक्षण गरिएको थियो । कोरोना परिक्षण पछि उहँमा संक्रमण देखिएको थियो । महिला अपाङ्ग हुनु हुन्छ । ‘विहान ९ बजे निधन भए पछि शवको अन्त्येष्टीको सहजिकरणका लागि वडामा उहाँको भतिजो सिफारिस लिन आउनु भएको थियो’–वडा अध्यक्ष अष्टमान लामाले भन्नु भयो–‘शवको अन्त्येष्टीका लागि सहजिकरण गरिदिन जो जसँग सम्वन्धित छ भन्ने ब्यहोराको पत्र लेखेर पठाई दिएको थिएँ ।’

उहाँको छोरा राजधानीमा काम गर्ने भएकाले आवतजावत भईरहन्थ्यो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सम्पर्क ब्यक्ति तथा घटनाका बारेमा थप अध्ययन गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरिसकेको जानकारी दिनु भयो । सम्पर्कमा भएका ब्यक्तिहरुको पहिचान गरी परिक्षण गर्ने र थप संक्रमण फैलन नदिने तर्फ चासो दिएको वडा अध्यक्ष हरि खतिवडा र अष्टमान लामाले जानकारी दिनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लामा ११ प्रहरी सहित ४८ जनामा कोरोना संक्रमण देखिएको छ । सक्रमण देखिएको मध्ये मृत्यु भएकी महिलामा पछि कोरोना देखिएको छ । अन्य केहि उपचारार्थ छन् भने २७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्