किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



न्युज अफ नेपाल,काठमाडौं ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको छ । काभ्रे पाँचखालका एक पुरुषलाई आईतबार निमोनियाको उपचारका लागि भर्ना गरिएको थियो ।

उनमा कोरोना आशंकामा परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।आईसीयूमा उपचार गराईरहेका उनको आज मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्