टेकु र लगनटोल क्षेत्रमा अत्यावश्यक बाहेकका सबै पसल बन्द (सूचनासहित)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा बाहेकका सबै पसल बन्द गरिने भएको छ । महानगरले उक्त वडाहरुमा कोरोना संक्रमण उच्च जोखिम रहेको भन्दै अत्याश्यक बाहेकका सबै पसल बन्द सूचना जारी गरेको छ ।

त्रिपुरेश्वरदेखि टेकुसम्मको क्षेत्र वडा नम्वर १२ मा पर्छ भने लगनटोल २१ मा पर्दछ ।उक्त ठाउँहरुमाऔषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल खोल्न नपाइने भएको हो।

त्यस्तै खाद्यान्न पसल भने बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्रै खोल्न पाइनेछ। मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना खोल्न नपाइने महानगरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्