जेठीसासुलाई करणी गरेको आरोपमा ज्वाईँ पक्राउ



रामधन राई,खोटाङ ।

जेठीसासुलाई करणी गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीय ज्वाईँ पक्राउ परेका छन् । बोल्न नसक्ने ४८ वर्षीया जेठीसासु पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई साउन २५ गते प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने आरोपितलाई साउन २६ गते तामेली म्याद थप गरेर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता ईन्सपेक्टर गोविन्दप्रसाद साहले बताउनुभयो ।

पीडितमाथि २०७६ फागुन १३ गते जवरजस्ती करणी भए पनि आफन्तले ढिला गरी थाहा पाएपछि प्रहरीमा उजुरी परेको ईन्सपेक्टर शाहले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्