एक हजार करोडको लागुऔषध बरामद



न्युज अफ नेपाल, नयाँदिल्ली ।
भारतीय राजश्व खुफिया एजेन्सीले नवी मुम्बाई बन्दरगाहबाट एक हजार करोड मुल्यको लागुऔषध बरामद गरेको छ । एजेन्सीले अबैध रुपमा अफगानिस्तानबाट भारत ल्याईएको लागुऔषध बरामद गरेको हो । यो भारतमा अहिलेसम्मकै ठूलो अबैध तस्करीको घटना भएको प्रहरी अधिकारीहरुले जनाएको छ ।

उक्त लागुपदार्थको प्लास्टिकको पाईपमा लुकाएर अफगानिस्तानबाट इरानको बाटोहुँदै ल्याईएको खुलेको छ । लागुपदार्थ लुकाएर ल्याईएको पाइपलाई बाँस जस्तै बनाएर ल्याएका थिए । यसमा संलग्न भएको भन्दै इम्पोर्टको कागजात बनाउने दुई कस्टम एजेन्ट र एक इम्पोर्टर र लेखा अधिकृतलाई पक्राउ गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्