चितवनमा जन्मियो ५ किलोको शिशुु



न्युज अफ नेपाल, काठमाडौँ ।

समान्यतया नवजात शिशुुको तौल २.५ देखि ३.५ केजीसम्म हुने गर्दछ ।

तर मकवानपुरकी एक महिलाले भने ५ केजीकी छोरीलाई जन्म दिएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले पाँच किलो ग्रामको छोरीलाई सोमबार जन्म दिएकी हुन् ।

११२ केजी तौल भएकी लोप्चनको रक्तचाप उच्च देखिएको र बच्चा ठूलो भएकाले शल्यक्रिया गर्न नसक्ने भन्दै हेटौडा अस्पतालले चितवन मेडिकल कलेजमा रिफर गरिदिएको थियो । आइतबार रिफर भएकी उनले आज शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी हुन् ।

आमा र बच्चा अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्