पाकिस्तानमा बाढीले ५८ जनाको मृत्यु



इस्लामाबाद, एजेन्सी ।

पाकिस्तानमा विगत तीन दिन देखि भइरहेका भारी बर्षाका कारण कम्तिमा ५८ जनाको ज्यान गएको छ । बर्षाका कारण आएको भिषणा बाढीले खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको राष्ट्रिय संकट ब्यवस्थापन प्राधिकरणका अधिकारीहरुले बताए ।

पाकिस्तानको उक्त क्षेत्रमा प्राकृतिक विपत्तीले १९ जनाको मृत्यु भएको छ भने सिन्ध प्रान्तमा १२ जनाको मृत्यु भएको छ । त्यसैगरी गिलगित बाल्टिस्तानमा १०, पन्जाबमा ८, बलुचिस्तानमा ८ र पाकिस्तान अधिनष्ठ काश्मिरमा १ जनको मृत्यु भएको उक्त प्राधिकरणले जनाएको छ । देशभरी बर्षा र बाढीका कारण १ सय ५८ घर ध्वस्त र १ सय २८ घर आशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तमा सेनाले राहत तथा उद्धार कार्य थालेको छ । २० गाउँ जलमग्न भएको दादु जिलामा उद्धार कार्य सन्चालन गरिएको सेनाले जानकारी दिएको छ । बलुचिस्तानको कयौं क्षेत्रमा भारी बर्षका कारण अचानक आएको बाढीको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्