२० झर 



लेखक – समुन्द्रा शर्मा, ईटहरी ।
१-
जीवनको सुन्दरता
कर्ममा निर्भर हुन्छ ।
२-
भाग्यले भन्छ
कहिले हार नमान्नु ।
३-
प्रेम सिसा हो
जतन गर्नु पर्छ।
४-
घृणा नगर्नु
सृष्टि सुन्दर छ।
५-
हुँदा महत्त्व हुदैन
गुमाउँदा पाउन सकिन्न ।
६-
निश्चित भएर पनि
मृत्युको कल्पना गरिन्न ।
७-
सहनसिल मानिस
उत्कृष्ट विजेता हो ।
८-
पुल रहेछ सम्झौता
जीवन डोर्‍याउन सक्ने ।
९-
आफ्नो हृदयसँग कसैले
झुठो बोल्न सक्दैन ।
१०-
आफ्ना हजार गल्ती सानो हुन्छ
अर्काको एउटा गल्ती ठुलो हुन्छ ।
११-
असफलता सँग नहार्नु
सफलता सँग नमात्नु ।
१२-
संङ्घर्ष र सम्झौता
दुवैकोविचमा जीवन चल्छ।
१३-
सुखर दुःखदुवैलाइ स्विकार्दा
जीवन फुलझैं सुवासिलो हुन्छ ।
१४-
समय सबै भन्दा ठूलो गुरु रहेछ
जसले धेरै कुरा सिकाउछ ।
१५-
गरिबका आफ्ना हुदैनन्
धनिका बिराना हुदैनन् ।
१६-
सधै खुसी रहन सक्नु
सबैभन्दा ठूलो खुबी हो।
१७-
उपदेश दिन सजिलो हुन्छ
आफुमा प्रयोग गर्न गार्‍हो हुन्छ ।
१८-
दृढ आत्मविश्वास भए
मानिस एक्लो हुदैन ।
१९-
आँखामा आँसु
विश्वासमा पासो ।
२०-
नजान्दा बोली
बढेको खोली ।

 

प्रतिक्रिया दिनुहोस्