कोरोना, प्राकृतिक विपत्ति र हाम्रो भविष्य



  • कृष्ण लामिछाने

विश्व मानव जातिको विकाससँगै विनाश र महामारीहरुपनि आइरहेको पाइन्छ । कतिपय महामारी र संकट मानव निर्मित थिए भने कतिपय प्रकृतिबाट भएका छन् ।मानव सृजित महामारी अन्तर्गत विभिन्न जाति र भाषाभाषीको लडाइँ,धर्म–संस्कृतिबीचको लडाइँ, देशको सिमाना विवादको लडाइँ, विश्व युद्ध आदि पर्दछन् । त्यसै गरी प्राकृतिक प्रकोप अन्तर्गत अजैविक र जैबिक घटना पर्छन् ।

अजैविक विपत्तिमा बाढी, पहिरो,भूकम्प, ज्वालामुखी, सुनामी, हुरी–बतास, चट्याङ, खडेरी, आगलागी आदि पर्दछन् । जैविक विपत्ति पनि जीवाणु र विषाणुको महामारी गरी दुई किसिमका छन्। जीवाणुको महामारीमा कुष्ठरोग, क्षयरोग, बिफरआदि पर्दछन् भने विषाणुअन्तर्गत कडा खालको रुघा, खोकी, प्लेग, पोलियो, दादुरा, स्वाइनफ्लु, बर्डफ्लु,सारस, एचआईभी एड्स,इबोला, कोरोना भाइरस आदि पर्दछन् ।यसबाट करोडौं मानिसको ज्यान गैसकेको छ ।

अहिलेको अवस्थामा मानवको चुनौती भनेको कोरोना भाइरस र यसको माहामारी रहेको छ । हालसम्म यस कोरोना भाइरसको महामारीले करिब ७ अर्ब७७ करोड जनसंख्यामध्ये करिब१ करोड ९८ लाख मानिस संक्रमित भएका छन् । तीमध्ये करिब १ करोड२७ लाख मानिस उपचारपछि निको भएर घर फर्केका छन् भने करिब ७ लाख३० हजारले मृत्युवरण गरिसकेका छन् ।

कोरोनाको परिभाषा,अवस्थार बचावट
कोरोना भाइरस करिब१७ वर्षअगाडि सन् २००३ तिर अचानक श्वासप्रश्वास प्रणालीमा देखिएका अप्ठ्यारा संकेतहरुसँग मिल्दोजुल्दो रुपमा देखापरेको हो । यो महामारीलाई अन्तर्राष्ट्रिय भाइरस वर्गीकरण समिति (आईसीटीभी)ले परिभाषित गरेअनुसार सर्भिस एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ भनिएको छ । अहिले यसलाई छोटकरीमा कोरोना भाइरस डिसेम्बर–२०१९ (कोभिड–१९)नामकरण गरिएको छ । संसारमा जति पनि रोग वामहामारी भएका छन्, विश्व स्वास्थ्य संगठनले नामकरण गरिसकेपछि मात्र आधिकारिकता मानिन्छ । सोही अनुसार सन् २०२० फेब्रुअरी ११ मा यसको नाम कोभिड–१९ निश्चित गरिएको हो ।

यो भाइरस पत्ता लगाउने व्यक्ति चीनको वुहान केन्द्रीय अस्पतालमा कार्यरत ३४ वर्षीयआँखारोग विशेषज्ञ डा. लिउइन लियाङ हुन् ।उनले जलविन्दु भएकी एक महिलाको उपचार गरिरहेका बेला यो भाइरस पत्ता लागेको हो । उनले यो भाइरस जनावरबाट मानिसमा सरेको र मानिसबाट मानिसमा सर्दा नयाँ रुप वा कोरोना भएको उल्लेख गरेका छन् । ती डाक्टरको सोही रोगको उपचारको क्रममा३१ जनवरी २०२० मा मृत्यु भयो । त्यस पछि यस भाइरसलाई नयाँ कोरोना भाइरस भन्न थालिएको हो ।

सन् २०१९ डिसेम्बर ३० तारिखमा चीनकोे हुवेई प्रान्तको वुहान केन्द्रीय अस्पतालमा यो भाइरस देखा परेपछि यसलाई दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो महामारी र चुनौतीको रुपमा लिइएको छ । विश्वका,ठूला–ठूला हतियार, सम्पत्ति र प्रविधिको विकासले पनि यो भाइरसको अगाडि घुँडा टेकेको अवस्था छ । विश्व स्वास्थ्य संगठनलगायतका विभिन्न स्वास्थ्य तथा जैविक वैज्ञानिकहरु अहोरात्र खटिएका छन् तर अहिलेसम्म यसकाविरुद्ध खोपको आविष्कार हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग मानवशरीरमा प्रवेशगरेको ७ दिनदेखि १४ दिनभित्रमा देखा पर्छ। त्यसैलेयस रोगबाट शंकास्पद वा संक्रमित व्यक्ति कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

नेपालमा करिब ४ लाख जनाको कारोना परीक्षण भएकोहोला । यस परीक्षणबाट साउन २५ गतेको तथ्यांकअनुसार२२ हजार५ सय ९२जना संक्रमित भेटिएकामध्ये१६ हजार ३ सय १३जना उपचार गरी घर फर्केका छन् । हाम्रो सुखद पक्ष नै भन्नुपर्छ, अहिलेसम्म मृत्यु हुनेको संख्या जम्मा ७३ जना छन् ।नेपाल सरकारले यही श्रावण ८ गतेबाट अधिकांश क्षेत्रको लकडाउन खुकुलो हुने गरी खोलेको छ तर पनि मानिसमा सन्त्रास भने हटेको छैन । ढुक्क भएर काम गर्ने अवस्था छैन।

यस महामारीको उपचारभन्दा यसबाट बच्नु अपरिहार्य छ । अत्यावश्यक कामबाहेक घरभित्रै बस्ने गर्नुृपर्छ । सामाजिक दूरी कायम गर्दै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । पटक–पटक साबुन–पानी वा स्यानिटाइजरले हात धुने, हाच्छ््यूँ गर्दा वा खोक्दा नाक–मुख आफ्नै कुहिनाले छोप्ने, भीडभाड वा बिरामीको नजिकमा जाँदा मास्क र व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य लगाउने,सार्वजनिक ठाउँमा एन्टिभाइरल स्प्रे छर्कंदै गर्ने, ह्यान्ड स्यानिटाइजर प्रयोग गररिहने गरेमा कोरोना भाइरसबाट बच्न सकिन्छ ।

विश्व समुदायमा असर
कोरोना भाइरसको महामारीका कारणले विश्वमा खाद्य समस्या उत्पन्न हुन सक्ने, जनताप्रति सरकारको उत्तरदायित्वमा वृद्धि हुने, जनतामा भय, सन्त्रास र मनोवैज्ञानिक असर उत्पन्न हुने, गरिबीको तह पुनः माथि उकालो लाग्ने, बेरोजगारी संख्या बढ्ने, वैदेशिक सहायतामा भारी कटौती हुने प्रक्षेपण गरिएको छ । त्यसै गरीभ्रष्टाचार, कालोबजारी, चोरी–डकैतीमा वृद्धि हुने देखिन्छ ।भौतिक पूर्वाधार विकासका काम सुस्त गतिमा चल्ने, बालबालिकाले घरबाहिरबाट सिक्ने,खेल्ने र मनोरञ्जन लिने अवसरबाट वञ्चित हुने, विद्यार्थीमा भय, सन्त्रास र मनोवैज्ञानिक तनाव उत्पन्न हुनेछ ।

त्यस्तै वर्तमान परिवेशमा विभिन्न सामाजिक सञ्जालहरुमा अश्लील खालका लेख, आलोचना, टिप्पणी लेखन र अश्लील चलचित्र दृश्यहरुको अवलोकनमा वृद्धि भएको र सन्त्रास पनि बढेको देखिन्छ ।लामो समय घरमै बसिरहनुपरेकोले किशोर–किशारीको मनोविज्ञानमा असर परी आत्महत्या बढेको, मादकपदार्थ र सुर्तीजन्य पदार्थको सेवन एवंघरेलु हिंसामा वृद्धि भएकोपनि देखिएको छ ।यौनसम्पर्कलाई मनोरञ्जनको वैकल्पिक साधन अर्थात् असुरक्षित यौनसम्पर्कमा वृद्धि हुन गई भविष्यमा विभिन्न कठिनाइ आइपर्न सक्ने समेत आँकलन गरिएको छ ।

त्यसै गरी खाद्यवस्तु पु¥याउनुपर्छ भन्ने मान्यताले गर्दा पोषणको अभावमा विभिन्न संक्रमणजन्य रोगदेखापर्न सक्ने, हुनेखाने भनिएका परिवारमा असन्तुलित तथा अतिआहारका कारणसुगर, पे्रसर र बाथजस्ता रोग निम्तिन सक्ने सम्भावना छ ।विदेशमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा कमी भई आफ्नै देशमा शिक्षाको अवसर राज्यले प्रदान गर्नुपर्नेअवस्था आउने,देशमा शिक्षित बेरोजगारीको संख्या वृद्धि हुने त छँदै छ,सबै प्रकारकाविद्यालयको पठनपाठन,भौतिक र पूर्वाधार विकासका कामहरु अधुरै रहने,शिक्षा सेवाप्रति सरकारको उत्तरदायित्वमा वृद्धि हुनेजस्ता समस्या पनि देखा परिरहेका छन् ।

विश्वलाई दिएको सन्देश
यस कोरोना भाइरसले विश्व भ्रातृत्व,मातृभूमिप्रतिको पे्रमभावना, देशमा आत्मनिर्भर र स्वावलम्बन जीवन पद्धतिको विकास हुनुपर्ने,सरकारले महामारी र प्राकृतिक प्रकोपको सन्दर्भमा पूर्वतयारी तथा पूर्वसचेतनाका बारेमा सोच्नुपर्ने, स्वरोजगारी प्रणालीको विकास गर्नुपर्ने, निजी व्यवसाय र सामाजिक संघसंस्थाको भूमिका स्पष्ट हुनुपर्नेे आदि सन्देश दिएको छ ।

यसै गरी प्रशस्त धनदौलत थुपार्ने, भावी पुस्तालाई सम्पत्ति सञ्चय गर्ने, नीतिगत भ्रष्टाचारी प्रथा आदिमा नैतिकरुपमा कमी आउने कुराको सन्देश पनि दिएको छ ।यस्तै आर्थिकसमृद्धिका लागि सरकार र जनताको भूमिकाको विषय प्रस्ट हुँदै जाने, कुनै एक व्यक्ति वा देशको सानो लापरबाहीले गर्दा सम्पूर्ण विश्व मानव जगत्ले पीडा भोग्नुपर्ने जस्ता विषयको प्रस्ट सन्देश दिएको पाइन्छ ।

नेपालमा यसको प्रभाव
आर्थिक एवं शैक्षिक क्षेत्रमा यसको नराम्रो प्रभाव परेको छ । उद्योग,कलकारखाना, उत्पादन, व्यापार व्यवसायमा ठूलो गिरावट आएको छ । यसबाट करिब १करोड ५० लाख मानिस बेरोजगारीको चपेटामा परिसकेका छन्। शिक्षा क्षेत्रमा हेर्ने हो भने विद्यालय र विश्वविद्यालय अनि अनुसन्धान क्षेत्रमा कार्यरत करिब २० लाख.शिक्षक–शिक्षिका, अनुसन्धानकर्ता बेरोजगारीको अवस्थामा पुगिसकेका छन् ।

केही वर्षयता नेपालको कुल गार्हस्थ्य उत्पादन सकारात्मक थियो तर कोभिड–१९ र लकडाउनको असरले लेपालको अर्थतन्त्र विचलन भएको छ । कृषि क्षेत्रमा यसको असर केही न्यून होला तर अन्य सबै क्षेत्रमा यसको असर निकै पर्ने अर्थात् आर्थिक सङ्कटको चपेटामा पर्ने सुनिश्चित छ । सहजरुपमा आउन नेपाल सरकारलाई कम्तीमा ५ वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।

सामुदायिक तथा संस्थागत सबै विद्यालय, कलेज र विश्वविद्यालयहरुमा पठनपाठन ठप्प छ । संस्थागत शैशिक संस्थामा कार्यरत करिब ६० लाखको संख्यामा शिक्षक–शिक्षिका र लेखा–प्रशासनमा कार्यरत व्यक्तिहरुको रोजगार गुमेको अवस्था छ ।विभिन्न वैदेशिक मुलुकहरुमाशिक्षा आर्जन र रोजगारमा रहेका करिब ६० लाख नागरिक स्वदेश फर्कनेछन् । यसको उचित व्यवस्थापन नेपाल सरकारले नै गर्नुपर्ने देखिन्छ ।

त्यस्तै मानव सभ्यतार संस्कृतिमा पनि यस महामारीले प्रभाव परेको छ ।अहिले संसारका सबै मानिस अत्यन्त त्रसित र भयभित भएका छन् । मानव सभ्यता र भौतिक विकासका कामहरु मन्द भएका छन् । पश्चिमा संस्कृतिभन्दा पूर्वीय संस्कृति अर्थात् सनातन धर्मका मान्यता एवं आचरणको अनुसरणबाट यसबाट बच्नका लागि लाभदायक हुने ठानिएको छ । तसर्थजनतामा स्वास्थ्य शिक्षा, आहारविहार, नैतिकता आचरणबारे थप विकास हुने देखिएको छ ।

वातावरण र जीवजगत्मा पर्ने असर झनै भयावह छ । विश्व वातावरण आफैंमा स्वचालित र नियमित हुन्छ । यसको नियम अफैंमा निहीत हुन्छ । प्रकृतिले नै आफ्नो सन्तुलन आफैं कायम गरिराखेको हुन्छ । यदि प्रकृतिको नियमित प्रक्रियामा कुनै विषमता ल्याउने प्रयास भए भने यसको सजाय प्रकृतिले नै दिन्छ वा मिलाउँछ । नेपालमा पनि केही दिनअगाडिभएको अविरल वर्षाले विभिन्न ठाउँमा बाटो, पुल, भवन र केही बस्तीमा ठूलो क्षति पु¥याएको छ । यस वर्षातबाट अर्बौंको भौतिक क्षति हुनुका साथै झन्डै डेढ सयजनाभन्दा बढीको मृत्यु भएको छ र सयौ बेपत्ता भए ।

पृथ्वीका प्राणीहरुमध्ये मानव अत्यन्त चेतनशील र संवेदनशील प्राणी हो । त्यसैले मानवले विकाससँगै विनाशपनि निम्त्याइरहेको छ । कतिपय कुरामानवले प्रकृतिको नियमविरुद्ध गरिरहेको छ । प्रकृतिले पनि आफ्नो सन्तुलन आफैंमिलाउन खोज्दा हामीलाई सजायको भागीदार बनाएको छ । आणविक शस्त्रअस्त्रको होडबाजी र लडाइँभन्दा जैविक महामारी मानवजातिका लागि सधैँ चुनौतीको रुपमा रहिरहने देखिन्छ ।
(लेखक लामिछाने आर्थिक समाज नेपालका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्