चलचित्र पत्रकारले गरे रक्तदान



बाढी–पहिरोमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा सघाउन चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ। शनिबार सामाजिक दूरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको संघका महासचिव समीर बलामीले बताए।

लगभग सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिका रूपमा उपस्थित थिए। कोरोना महामारी कालमा पनि सामाजिक दूरी कायम गरेर संघले गरेको रक्तदान कार्यक्रमले राम्रो सन्देश दिने उनले बताए।

अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको जानकारी दिए। संघ आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरू तर्जुमा गर्दै जाने अध्यक्ष सिटौलाले बताए।

प्रतिक्रिया दिनुहोस्