फेरि हामी तीन भाइ बन्दै



कोरोना महामारीको जोखिमका कारण लगाइएको लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ। उपत्यकामै कोरोना संक्रमित बढ्न थालेपछि आइतबारबाट सटडाउन गरिएको छ।
यो अवस्थामा फिल्म निर्माण, वितरण र प्रदर्शनजस्ता सबैखाले क्रियाकलाप बन्द भएको छ। फिल्मकर्मीहरू कोरोनाको जोखिम हटे निर्माणलगायतका कार्यलाई अगाडि बढाउने योजना बुनिरहेका छन्।

यसै क्रममा झन्डै डेढ दशकअघि निर्माण भएको सुपरहिट फिल्म हामी तीन भाइको नाम सापटी लिएर नयाँ फिल्म बनाउने योजना बुनिएको छ। निर्माता, निर्देशक शोभित बस्नेतले निर्देशन गर्ने फिल्मका कलाकारका रूपमा उनकै अभिनेता भाइ जयकिशन बस्नेत फाइनल भइसकेका छन् भने बाँकी कलाकार छनोट चरणमा छन्।

सुपरहिट फिल्म हामी तीन भाइ लोकप्रिय निर्देशक स्व. शिव रेग्मीले निर्देशन गरेका थिए भने त्यसमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, झरना थापा, नन्दिता केसी, रेखा थापालगायत प्रमुख भूमिकामा थिए।

नयाँ फिल्म हामी तीन भाइ भने साजित महत प्रोडक्सन हाउसको ब्यानरमा साजित महतको प्रस्तुति तथा सुभास भुसालको संगीत, शिव विक र विक्रम तामाङको कोरियोग्राफी र किशोर मानन्धरको द्वन्द्व रहेन निर्देशक बस्नेतले जानकारी गराए। फिल्मको छायांकन तिहारपछि गरिने लक्ष्य राखिएको उनले बताए। फिल्म पारिवारिक कथामा बन्नेछ।

प्रतिक्रिया दिनुहोस्