बैंकहरूमा आलोपालो काम गराउन निर्देशन



काठमाडौं, (नेस)
कोरोना संक्रमण बढेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले कार्य सम्पादनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले वर्क फ्रम होम गराउन सक्ने जनाएको हो ।

कोरोनाको जोखिमका कारण सरकारले विभिन्न जिल्लामा लकडाउन गरेको छ भने सवारी साधनमा जोर बिजोर लागु गरेको छ। यस्तो परिस्थितिमा सुरक्षाको मापदण्ड अपनाएर सेवालाई सुचारु राख्न बैंकले यस्तो आग्रह गरेको जनाएको छ ।

न्युनतम कर्मचारीबाट सेवा प्रवाह गर्न आग्रह गर्दै बन्द रहने शाखाको भने बैंकहरुले दैनिक रुपमा राष्ट्र बेंकलाई जानकारी गराउन भनेको साथै विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न राष्ट्र बैंकको आग्रह छ ।

आलो पालो गरी काममा लगाउन आग्रह गरेको छ। कर्मचारीको समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारीलाई काम गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्