काठमाडौंमा मात्रै आज ९० संक्रमित थपिए



न्युज अफ नेपाल, काठमाडौं ।

आज मात्रै काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको हो । देशभर आज ३८० संक्रमित थपिएसँगै बुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । यस्तै, आज ४० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको १६ हजार ३५३ संख्या पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्