आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौँ ।

देशभर आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज ४० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको १६ हजार ३५३ संख्या पुगेको छ ।

हालसम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्