मकवानपुरमा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा एकैदिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन यतिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो हो । कोरोना संक्रमण पुष्टि भएकामा १७ पुरुष र ६ महिला छन् ।

पुरुषमध्ये ५ जना नेपाल प्रहरीमा कार्यरत् छन् । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार आइतबार संक्रमित देखिएकामध्ये हेटौंडाका १६ जना र तीन गाउँपालिकाका दुई जना छन् ।

कोरोना संक्रमित देखिएका हेटौंडा–२ का एक, हेटौंडा–४ का ४, हेटौंडा–५ का ४, हेटौंडा–६ का १, हेटौंडा–११ का २ जना छन् । हेटौंडा–११ को थानाभर्‍याङमा कार्यरत् मजदुरको घर बिराटनगर भए पनि काम भने यहाँ गर्दै आएका छन् ।

हेटौंडा–१३ का १, हेटौंडा–९ का ३, भीमफेदी गाउँपालिकाका १, मकवानपुरगढीका १, बकैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । आइसोलेसन वार्ड प्रमुख चौँलागाईले जानकारी दिएअनुसार संक्रमण पुष्टि भएकामा लक्षण पनि देखिएको छ । उनीहरुलाई हेटौंडा–४ मा रहेको आइसोलेसन वार्ड ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्