स्वास्थ्य मन्त्रालयकै ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत ८४ जना कर्मचारीको कोरोना परीक्षणमा चार जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका कर्मचारीमा कोरोना परीक्षण गरेको थियो ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्