३७ जनाको स्वाब संकलन, जामुने गाउँ सिल



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

शनिवार संघिय प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र संक्रमित पुरुष गाउँ आएको तथ्यका आधारमा जामुनेका ३७ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएको हो । संक्रमितको परिवार, छिमेक र सम्पर्कमा आएकाहरुको स्वाव संकल्न गरि परिक्षणका लागि पठाईएको सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताउनुभयो । उनिहरुको रिपोर्ट नआएसम्मका लागि जामुने क्षेत्र शिल गर्ने निर्णय समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमतिमा सुनकोसी गाउँपालिकाले जामुने क्षेत्र शिल गर्ने निर्णय गरेको वडाध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । शनिवार काभ्रेको बनेपामा ६ जना प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । ति मध्य एकजना सुनकोसी गाउँपालिका जामुनेका हुन ।

प्रतिक्रिया दिनुहोस्