बनेपा ७ मा एक व्यापारीका १२ वर्षीय छोरामा कोरोना संक्रमण



मोतिराम तिमिल्सिना,  काभ्रे ।

बनेपा ७ मा कपडा पसल चलाउँदै आएका एक व्यापारीका १२ वर्षिय छोरामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा बस्दै आएको सो परिवारले सिरक डसनाको व्यापार गर्दै आएको छ ।  सो परिवारका १२ वर्षिय छोरामा कोरोना पोजिटिभ देखिएको हो ।

बालकमा संक्रमण देखिएसँगै सबै परिवार सदस्यको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा परीवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्