भारतमा कोरोनाका कारण झण्डै दुई सय डाक्टरको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।
पछिल्लो पटक भारतमा कोरोना भाइरसका कारण स्वास्थ्यकर्मीहरुको ज्यान गईरहेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा एक सय ९६ जना डाक्टरको ज्यान गएको छ ।

इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको ज्यान गएका भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ ।

एसोसियसनले भारतमा डाक्टर र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम उच्च भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । भारतमा अहिलेसम्म झण्डै २१ लाख नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ भने ४२ हजार ६ सय २६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्