अभिनेतासँग सम्बन्ध नराखेकाले समस्यामा परेको रविनाको आरोप



बलिउड फिल्म नगरीमा ९० को दशकमा निकै चर्चा बटुलेकी अभिनेत्री रविना टन्डन विवादास्पद अभिव्यक्तिका कारण एकपटक फेरि चर्चामा आएकी छिन्। आफ्नो करिअरमा अघि बढ्नका लागि कुनै पनि अभिनेताका साथ गलत सम्बन्ध राख्न नचाहेका कारण आफूले धेरै खाले समस्याको सामना गर्नुपरेको बताएपछि उनी विवादमा परेकी छिन्।
पिंकभिला अनलाइनलाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्– ‘मेरा लागि बलिउडमा आफ्नै बाटो बनाउनु सजिलो काम थिएन। म अघि बढ्नका लागि कुनै पनि गलत काम गर्न चाहँदिनथें। त्यति बेला फिल्म क्षेत्रमा धेरै कुरा गलत थिए। म आफ्नो हिरोको कुनै पनि अहंकार पूरा गर्न चाहँदैनथें। अथवा उनीहरूसँग गलत सम्बन्ध राख्न चाहन्न थिएँ। त्यही कारण धेरैले मेरो प्रोमोट गर्न चाहँदैनथे।’ रविनाले धेरै मानिसले आफ्नो करिअर नै समाप्त गरिदिने कोशिस गरेको तर आफ्नो दमका कारण सफलता पाएको बताएकी छिन्। उनले त्यति बेलाका महिला पत्रकारले समेत आफूमाथि षड्यन्त्र गरेको र तल देखाउने कोशिस गरेको आरोप लगाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्