युभेन्ट्सका प्रशिक्षक सार्री बर्खास्त



एजेन्सी ।इटालियन सिरी ए क्लब युभेन्ट्सका प्रमुख प्रशिक्षक माउरिसियो सार्री बर्खास्त भएका छन् ।युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट आउट भएको २४ घन्टा नबित्दै क्लबले सार्रीलाई पदबाट बर्खास्त गरेको हो । युभेन्ट्स शुक्रबार राति फ्रेन्च क्लब लियोनसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत शुक्रबार दोस्रो लेग आफ्नो घरेलु मैदानमा युभेन्ट्सले २–१ ले जिते पनि समग्रमा २–२ को बराबरी स्थितिमा अवे गोलमा पछि परेर युभेन्ट्स अन्तिम १६ बाटै बाहिरिन पुग्यो । गत सिजन युभेन्ट्स अन्तिम आठसम्म पुगेको थियो ।

युभेन्ट्सले यस सिजन तीन घरेलु लिगमध्ये सुरुमा सुपर कप र त्यसपछि कोपा इटालियाको फाइनलमा हारेको थियो । त्यसपछि युभेन्टसले घरेलु लिग सिरी ए भने जितेको थियो ।

सार्री गत सिजनमा इंग्लिस क्लब चेल्सीबाट युभेन्ट्समा अनुबन्ध भएका थिए । तर, युभेन्ट्समा फितलो रणनीति र योजनाका कारण सुरुआतबाटै ओलोचित बन्दै आएका उनलाई च्याम्पियन्स लिगको बहिर्गमनले जागिरबाट बर्खास्त गरायो ।

प्रतिक्रिया दिनुहोस्