बृद्ध महिलाको बाकसभित्र मानव हड्डी फेला



वर्लिन,(एजेन्सी)

जर्मनीको म्युनिख विमानस्थलमा एकजना चौहत्तर बर्षीय वृद्धाले ल्याएको काठको बाकस खोलेर हेर्दा प्रहरी आश्चर्य चकित भएको जर्मन समाचार निकाय पाले जनाएको छ । त्यस भित्र उनले आफ्नो मृत पतिका हड्डीहरु राखेकी थिइन् । भंसार अधिकारीहरुले तत्काल यस घटनालाई लिएर सरकारी वकिल र डाक्टरहरु बोलाएका थिए । तर वृद्धाको कार्यलाई अपराधको दर्जा दिइएनन् ।

सोधपुछको क्रममा ति वृद्धा र उनी ५२ वर्षिया छोरीले आफुहरु ग्रिसबाट म्युनिख र किभ हुँदै आफ्नो जन्मभुमि आर्मेनिया जान लागेको बताएका छन् ।

प्रहरीका अनुसार ति वृद्धाले सन् २००८ मा उनको पतिको निधन भएको र शव ग्रिसको थेस्सालोनिकीमा समाधस्थि गरिएको र अब उनको अवशेषको आर्मेनियामा नै अन्त्येष्टि गर्न खोजेको बताएकी छन् । प्रहरीले सोधपुछपछि तिनीहरुलाई यात्रा जारी राख्ने अनुमति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्