अमेरिकी राष्ट्रपति ट्रम्पलाई टिकटकको चेतावनी



बेइजिंग,(एजेन्सी)

टिकटकलाई आगामी पैंतालिस दिन भित्र चिनियाँ एपबाट व्यवसाय नगर्न आदेश दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । यस कम्पनीले ट्रम्पले टिकटकको प्रयोग माथि प्रतिवन्ध लगाउन दिएको कार्यकारिणी आदेश सुनेर स्तब्ध भएको बताएको छ ।

टिकटकले कुनै पनि नीति नियम नमिचिकन उपलब्ध सम्पूर्ण कानुनी उपचार अघि बढाउने जनाएको छ । ट्रम्पले यस्तै विशेष आदेश चीनको विच्याट विरुद्ध पनि जारी गरेपछि वासिंगटन र बेइजिंगबिचको सम्बन्ध निकै चिसिन पुगेको छ । विच्याटका मालिक टेनसेन्टले भनेका छन्, ‘हामीले सो आदेशलाई राम्री बुझ्न त्यसमाथि पुनरावलोकन गरिरहेका छौं । ’ विच्याट लगायत टेनसेन्टले एपिक गेम्स नामक एक प्रमुख गेमिंग कम्पनीमा पनि चालिस प्रतिशत लगानी गर्दै आएका छन् ।

एपिक गेम्सको फोर्टनाइट भिडियो गेम विश्वभरि निकै लोकप्रिय छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ट्रम्पले यसअघि नै टिकटकलाई अमेरिकामा प्रतिवन्ध लगाउने घोषणा गरिसकेका छन् । तर टिकटक भने अहिले अमेरिकी कम्पनी माइक्रोसफ्टलाई आफ्नो एप बेच्न वार्तामा लागेको छ ।

ट्रम्पले तोकेको समय सिमा अनुसार तिनीहरुले आगामी १५ सेप्टेमवर भित्र सम्झौता टुँग्याउनु पर्ने हुन्छ । ट्रम्प सरकारले टिकटकले संकलन गरेको प्रयोगकर्ताहरुको सूचना माथि चीन सरकारको पहुँच भएको आरोप लगाउँदै आएको छ । तर टिकटकले यसलाई अस्विकार गरेको छ ।

चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटक कम्पनीले विगत एक वर्षदेखि नै अमेरिकी सरकारको विश्वास जित्ने प्रयास गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्