पाँच वर्षमा रसुवा भन्सार कार्यालयबाट २७ अर्ब राजश्व संकलन



सरस्वती न्यौपाने,रसुवा ।

गोसाईकुण्ड गाउँपालिका वडा नं. टिमुरे स्थित रसुवा भन्सार कार्यालयले गएको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा एक अर्व १२ करोड ६२ लाख १५ हजार, ०७३/०७४ मा दुई अर्व ४२ करोड ३८ लाख आठ अजार ०७४/७५ मा तिन अर्व ६३ कारोड चार लाख ८९ हजार र ६३ करोड चार लाख ८९ हजार र ०७५/०७६ मा नौ अर्व ५० करोड ६२ लाख ६२ हजार २०७६/०७७ मा भने नौ अर्व ३५ करोड ७८ लाख ३३ हजार राजश्व संकलन गर्ने राखेको थियो ।

३३ लाख २६ हजार, ०७३/०७४ मा दुई अर्व ९२ करोड १८ लाख दुई हजार ०७४/७७ मा भने आठ अर्व २७ लाख ७७ हजार राजस्व संकलन भएको छ ।यस्तै प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार राजस्व संकलनमा वृद्धि भए पनि गत आर्थिक वर्षमा कोरोनाका कारणले प्रभावित बन्यो ।

२०७१ देखि नाका सन्चालन भएपछि व्यापारिक करोबार बढ्दै गएपनि दुई वर्षमा आफ्नो लक्ष्य पुरा गर्न सकेको थियो तर अरु आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ । प्रमुख भन्सार अधिकृत खड्का बताउनु हुन्छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७२/०७३ देखि नियमित कारेबार सुरु गरेको थियो । नाका सन्चालन भएपछि गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम सम्म कार्यालयले २६ अर्व चार करोड ४६ लाख सात हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्व ८६ करोड २६ लाख ४३ हजार रुपैया राजस्व संकलन भएको छ ।

नेपालबाट चिनको केरुङमा अम्रिसोको कुचो, काठको टेबल बासको मुडा निर्यात हुन्छ भने चिनको केरुङबाट नेपालमा टेलिकमका सामग्री, फलफुल जलविद्युत आयोजनाका सामाग्री इलेक्ट्रोनिक, रेडिमेट लगाएतका सामग्री आयात हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्