बिद्युतका पोलमा सडक बत्ती जडान : नगरपालिकाद्वारा नै बिद्युत चुहावट



सञ्जय कार्की,रौतहट ।

चन्द्रपुर नगरक्षेत्रमा ठुलोधनराशीको बिद्युत चुहाबट भैरहेको छ । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाको पोलमा नै (स्ट्रीट लाईट) सडक बती जडान हुदा समेत नेपाल बिद्युत प्राधिकरण बेखबर बनेको छ ।

चन्द्रपुर नगरपालिकाले गत आर्थीक बर्षको जेष्ठ÷असार महिनामा बिद्युतको पोलमा जथाभाबीरुपमा सडक बती जडान गरेको हो । सडक बती जडान भएको दुई महिना बितिसक्दा समेत नत त्यसको बिलिङ्ग भएको छ नत नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले नियन्त्रण गर्न सकेको छ ।

जसले गर्दा नेपाल बिधुत प्राधिकरण लाई आर्थीक क्षती भैरहेको छ भने भोल्टेजको अभाबमा उपभोक्ता भने मारमा परिरहेका छन । प्राधिकरणको पोल प्रयोग गरेबापत र बिजुली उपभोग गरेबापत दुबैको राजश्व रकम तिर्नु पर्ने हुन्छ तर चन्द्रपुर नगरपालिकाले गत आर्थीक बर्ष फ्रिज हुने रकम लाई रकमान्तर गरेर जनप्रतिनिधि र कर्मचारीका घर अगाडी सडक बती जडान गरेर चुहाबट गर्दै आएका छन् ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर ४, ५, ६ र १० का बिभिन्न स्थानमा ५ सय भन्दा बढि सडक बती जडान भएको छ । सडक बतीको लागि नगरपालिकाले बिधुतीय खम्बाको प्रयोग गर्नु पर्नेमा प्राधिकरणकै पोल प्रयोग गरेर चुहाबट गरिएको जानकारहरु बताउँछन ।

कतिपय स्थानमा सडक एसी बती र कतिपय स्थानमा सिधै बती जडान भएको छ । निभाउनको लागि स्वीच समेत राखिएको छैन जसले गर्दा २४ घण्टानै बिधुत खेर गईरहेको छ । नगरपालिकाले मुख्य तथा भित्री सडकमा बत्ती जडान गरेको छ तर दिनमा पनि ननिभाउँदा उच्च परिमाणमा बिजुली चुहावट भइरहेको छ ।

बिद्युत चुहावट भैरहदा प्राधिकरणले करोडौंको आम्दानी गुमाईरहेको स्थानीयबासी बताउछन । अनावश्यक बिजुली बल्दा चन्द्रपुर नगरपालिकाको अन्य स्थानमा आपूर्ति नपुग्दा समस्या थपिएको छ । दिन र रातभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ प्राधिकरणले राजस्व गुमाउदै आएको छ ।

नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख राम अयोधी राय यादबका अनुसार स्थानीय सरकारले काम गरेपनि प्राधिकरण संग सम्झौता गर्नु पर्ने बताउनु भयो । यस अघि बिद्युत चुहावटको लागि नेपाल बिद्युत प्राधिकरणले बिभिन्न अभियान संचालन गर्दै आएको थियो तर प्रमुखको रुपमा जिम्मेबारी पाएका यादबले अहिले सम्म बिद्युत चुहाबटको कार्य नगरेको कर्मचारीहरु बताउँछन । बिधुत चुहाबट नियन्त्रण गर्नको लागि स्थानीयबासीले प्राधिकरण प्रमुख लाई आग्रह गर्दा समेत बेवास्ता गरेको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्