
न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा कपडाले बेरेको नवजात शिशु भेटिएको छ ।
जिवित अवस्थामा फेला कपडाले बेरेको अवस्थामा भेटिएको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । जन्मिएको केही समयमै कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल लगिएको छ ।
शिशु फालेको आशंकामा प्रहरीले सिन्धुपाल्चोक सिपापोखरी घर भएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । पक्राउ परेकी किशोरीले भने सो शिशु आफ्नो नभएको बताएकी छन् ।
घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।