काभ्रेमा थप ५ प्रहरीसहित अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि



मोतिराम तिमल्सिना, काभ्रे ।

काभ्रेमा आज थप पाँच जना प्रहरीसहित एक अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय प्रहरी ईकाई काभ्रेका ५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, श्री मेमोरियल अस्पतालको आइसोलेसन वार्डमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । यस अघि पनि काभ्रेका दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो । आज थप ६ जनामा कोरोना पुष्टि भएसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ । शुक्रबारसम्म काभ्रेमा ३४ संक्रमित भेटिएका थिए ।

हालसम्म भेटिएका संक्रमितमध्ये सबैभन्दा ज्येष्ठ ८२ वर्षका वृद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्