आँप खादा सतर्क रहौँ



आपलाई कतिले डिजर्ट बनाएर खान्छन्, कतिले भातसँग त कतिले त्यसै पनि खान्छन् । सिजनको फल जसरी खाएपनि हुन्छ तर भनिन्छ नि धेरै खाएमा अमृत पनि बिष हुन्छ, चिनी पनि तीतो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ । मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन ।

मौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकर्षित हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन ।

यतिबेला बजारमा आँप आइसकेको छ । आँप खाने सिजन नै हो यो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि ।

आँपबाट के के हुन्छ त ? :

पाचन पक्रियामा असर

कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।

तौल बढ्न सक्छ

एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ । यसले तपाईंको तौल बढाउन योगदान दिन्छ । यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ । यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन ।

ब्लड सुगर लेभल बढ्छ

आँपमा चिनीको मात्रा धेरै हुन्छ । जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ । यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ ।

सफाईमा ध्यान

आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ । त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ । यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ । आँपले एलर्जी पनि आउन सक्छ ।

कसरी सेवन गर्ने ?

अक्सर हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ । तर, आँप पकाउनका लागि त्यसमा क्याल्शियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ । बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्