भारतमा एकैदिन ९३३ जनाको मृत्यु, मृतकको संख्या ४२ हजार ५१८ पुग्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतमा कोरोनाको संक्रमणबाट एकैदिन ९३३ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्रै ९३३ जनाको मृत्यु भएको हो । यससँगै भारतमा मृत्यु हुनेको संख्या ४२ हजार ५१८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६१ हजार ५३७ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको छ ।

विश्वभर सबैभन्दा धेरै संक्रमित भएका देशको सू्रचीमा भारत तेस्रो स्थानमा छ । संक्रमण फैलिएको पहिलो देश अमेरिका हो भने दोस्रो ब्राजिल ।

प्रतिक्रिया दिनुहोस्