सांसद सिलवाल होम क्वारेन्टिनमा



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल प्रहरीका पूर्व डिआइजी तथा प्रतिनिधि सभा सांसद नवराज सिलवाल होम क्यारेन्टिनमा बस्नु भएको छ ।
उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढेसंगै सांसद सिलवालले शुक्रबारबाट केही समयका लागि होम क्वारेन्टिनमा बस्नुभएको हो ।

उहाँले कार्यकर्तासँगको भेटघाट पनि केही समयका लागि स्थगित गर्नु भएको न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।
उहाँले प्रत्येक दिन विहान ८ बजेदेखि १० बजेसम्म कार्यकर्ताहरुसँग भेटघाट गर्दै आउनुभएको थियो ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि तीव्र त्रास फैलिएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विभिन्न कार्यालय तथा सिंहदरवारभित्रै पनि कोरोना संक्रमण भेटिएको र उपत्यकामा तीब्र जोखिम भएकाले केही समयका लागि सावधानी अपनाएर भेटघाटहरुलाई रोक्नुपरेको सिलवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्