‘अधवैंसे आइमाई’ जीवनको भोगाई



काठमाडौ । नेपाली आम महिलाले भोग्नु परेको पिडालाई उजागर्न खोजिएको छ अधबैंसे आईमाई उपन्यासमा । लेखिका बिमला हुमागाइले लेख्नु भएको उक्त उपन्यासमा एउटा पुरुष आफु नपुंशक भएको खवर आफन्तलाई भन्न नसक्दा एउटी अबोध महिलाले जीवनमा कसरी दुख पाउन सक्छे भन्ने बिषयलाई उपन्यासको कथाबस्तु वनाइएको छ ।

एउटा पढेलेखेको डाक्टरले समेत समाजमा आफ्नो बद्नाम हुने भएपछि आफुले प्रेम गरेर बिवाह गरेको श्रीमतीलाई सम्वन्ध बिच्छेद गरेर दुख दिएको यर्थाथतालाई उपन्यासमा छर्लङ पार्न खोजिएको छ । उपन्यास पढ्दा छोड्न मन नलाग्ने खालको भएपनि कही कही अनावश्यक प्रसंगलाई प्राथमिकता दिएको देखिन्छ । महिलामाथि हुने हिंसालाई उपन्यास मार्फत उतार्न खोजिएको छ ।

लेखिका हुमागाइले महिला बिरुद्ध हुने १६ दिने महिला हिंसाको प्रसंग जोडेर उपन्यालाई अलि खल्लो बनाउने प्रयास गरेको देखिन्छ । उपन्यासका पात्र डा. प्रकाश र कल्पनाको जोडीले यौनावस्थामा भोगेको चरम सुखको भोगाईलाई समेत रोमान्चक ढंगले प्रस्तुत गर्नु भएको छ । ५ बर्षको सम्वन्धलाई प्रकाशको परिवारले तोड्न लगाउनु र प्रकाश राजी हुनुले एउटा लोग्ने मान्छे कति सम्म नामर्द भएर परिवार र समाजको इज्जत जोगाउन तल्लिन हुन्छ भन्ने कुरा पनि उपन्यासमा उल्लेख गरेको पाईन्छ ।
उपन्यासमा कल्पना र प्रकाश बीच सम्वन्ध बिच्छेद भएको दिन प्रकाशले अन्तिम रात बिताउछु भनेर प्रस्ताव राख्दा कल्पनाले सहजै स्वीकार गरेको कुरा उपन्यासमा उल्लेख गर्दा महिलालाई कमजोर बनाउने प्रयस त गरेको होईन भन्ने प्रश्न गर्ने ठाउं दिएको देखिन्छ । बिवाह भएर घर गएकी एउटी छोरी पुन माइत फर्कदा उसले माइतीबाट पाउने अपहेलना र दुखलाई समेत उपन्यासमा निकै मार्मिक ढंगले प्रस्तुत गर्न खोजिएको छ ।

माईतीको यातना सहन नसकेर काठमाडौ छिरेकी कल्पनाको जीवन कस्तो रह्यो भन्ने बिषयमा भने उपन्यास मौन रहेको देखिन्छ । कल्पना राजधानी छिरेपछि गरेका संघर्षका बारेमा केही प्रसंग उल्लेख गरेपनि त्यसपछिका भोगाइका बारेमा उपन्यासमा खासै चर्चा नहुनुले पठकहरुलाई शुरुमा जु्न जोश र जांगरका साथ उपन्यास पढ्न उत्प्रेरित गर्छ अन्त्यमा भने हा भन्ने भान दिलाउछ । झापाबाट राजधानी आउने दिन बसमा भेटिएकी एक बृद्ध आमाको कथा र कल्पनाले जीवनमा भोगेको कथा मिल्ने खालको हुनुले पनि उपन्यासमा अलिअलि पिक्सन गर्नखोजेको हो कि भन्ने आशंका गर्र्ने ठाउं देखिन्छ ।

काठमाडौ आर्लिएपछि ती बृद्ध बृद्धाश्रममा गएपछि कल्पना र ती आमाबीच भेट भएको प्रसंग उल्लेख गरेको भए उपन्यासले अझै सान्दर्भिकता पाउने देखिन्छ । कल्पनाको काठमाडौ बसाइकाक्रममा फेरी प्रकाशको प्रसंग ल्याएर उ माथि अझै पनि कल्पना आशावादी छे भन्ने भान दिलाउन खोजेको देखिनु र प्रकाशले आफ्नो कारण बच्चा जन्माउन नसक्ने हुदा हुदै फेरी अर्का बिवाह गरेको प्रसंग समेत उल्लेख गर्नुले पुरुष कतिसम्म गर्न सक्छ भन्ने बिषयलाई उपन्यासमा उल्लेख गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्