दैनिक कोरोना संक्रमित भेटिएपछि हेटौंडा ६ मा सटडाउन



न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना संक्रमित दैनिक देखिन थालेपछि हेटौंडा–६ मा शनिबारदेखि सटडाउन गरिएको छ ।

विहीबार र शुक्रबार गरी हेटौंडा–६ मा २ जनामा कोरोना देखिएपछि हेटौंडा–६ मा सटडाउन गरिएको हो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंंका अनुसार ५ दिनसम्म हेटौंडा–६ मा विहान ९ बजेपछि ब्यापार व्यबसाय, संघसंस्थालगायत संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

वडा कार्यालयको निर्देशन उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने उहाँको भनाइ छ । उहाँले स्वास्थ सुरक्षा र कोरोना संक्रमणको जोखिम रोक्न सावधानी अवलम्बन गरी सहयोग गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्