१६ वर्षभित्रै ४३ हजार २ सय पटक बलात्कृत युवतीको दर्दनाक कथा



उमेर करिब १२/ १३ वर्ष । दैनिक ३० पुरुषबाट बलात्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव तस्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बलात्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक बलात्कृत हुने संसारकै पहिलो किशोरी हुन ।उनको भनाइअनुसार सो अवधिमा उनीमाथि दैनिक बलात्कार भएको थियो ।

मेक्सिकोकी एउटा गाउँकी कार्ला नियतिले पनि ठगिएकी युवती हुन् । पारिवारिक विखन्डनका कारण उनी सानैदेखि आमाबाट अपहेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । ‘म विखन्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौन दुव्र्यवहार भयो’ हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् ।

उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्करको पन्जामा परिन् । तस्करका मीठा शब्द र गाडी चढ्ने प्रलोभनमा उनी सजिले फसिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् । एउटा ‘सानो केटा’ आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए । बाह्रवर्षे बालिकालाइ फसाउनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्यवहारको सिकार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् ।

‘उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।’ कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् । ‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन । तर उनको खतराका दिन सुरू भइसकेको थियो ।

वास्तवमा उनी बेचिइसकेकी रहिछिन् । ‘केही दिनपछि उसले मलाइ वास्तविकता भन्न थाल्यो । गा्रहकसंग प्रस्तुत हुने शैली , मैले गर्नुपर्ने काम र दिनुपर्ने दिनुपर्ने सेवाबारे उसले लामो आरिन्टेसन दियो । मैले दैनिक ३० जनाको योन प्यास मेटाइदिनुपर्ने उसले बताएपछि छाँगाबाट झरेजस्तै भएँ,’ उनी भन्छिन ।

चार बर्ष नर्कमा

वास्तवमा उनले नर्कका दिन सुरु भइसकेका थिए । देहव्यापारका लागि उनलाइ मेम्सिकोको सबैभन्दा ठुलो ग्वालाजारा सहर पुर्याइएको थियो । ‘म विहान १० बजेदेखि ड्युटी सुरु गर्थे र मध्यरातमा सकिन्थ्यो । दैनिक २० जना ग्राहक आउँथे । म रोएको देख्दा केही ग्राहक गललल्ल हाँस्थे । म आक्रोशित हुन्थेँ । उनीहरुले ममाथि गेरेको क्रियाकलाप देख्न नसकेर म आँखाका ढकनी बन्द गर्थेँ ।’

पेसेवर देहव्यापारमा मलाई बाध्य पारिएकी उनको ड्युटी सिफ्ट भइरहन्थ्यो । उनलाई वेश्यालय, सडकका होटेल, वेश्यालयका लागि प्रख्यात सडक, र कहिलेकाहीँ अर्डरअनुसार घरमै होम सर्भिस दिन पठाइन्थ्यो । उनलाई कुनै बिदा भन्ने थिएन । विस्तारै उनलाई दैनिक ३० जना सम्म ग्राहकको तृष्ण मेटाउन पथ्र्यो । धैरैपटक बिरामी परिन् तर सुन्ने कोही भएनन् ।

एक ग्राहकले दुव्र्यवहार गरेपछी कार्लाले दलालको नराम्रो हप्की खानुपरेको थियो । ‘ग्राहकले मेरो अनुहारमा खत बसालेर टोकेपछि दलालले नीलडाम हुने गरी फलामको सिक्रीले हिर्कायो “उनी भन्छिन ।

एक दिन होटेलमा ग्राहकले उनलाइ दुव्र्यवहार गर्दा आकस्मिक प्रहरी पस्यो । उनले सोचिन अब भाग्यको दिन आए । प्रहरीले उनीलगाएत अरु युवतीलाइ उद्दार गर्ने कार्लाको आशा थियो । तर, उनको आशा तत्कालै त्रासमा बदलियो । अन्दाजी ३० बर्षका प्रहरी अधिकारीले ग्राहक र युवतीलाई विभिन्न आपत्तिजनक अवस्थामा राखेर भिडियापो खिचिदिए । आफुले भनेको आसनमा यौनप्यास मेट्न नदिए सो भिडियो उनीहरुका आफन्तलाई बुझाइदिने प्रहरीको धम्की दियो । उनी झन विक्षप्त बनिन् ।

त्यहाँ झन्डै १० वर्षका बालिकादेखि किशोरी र केही युवती थिए जसले रुँदै प्रहरीसँग रिहाइका लागि याचना गरेका थिए , तर प्रहरीले नै खेलवाड गरिदियो, उन िभन्छिन । त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी दलालबाट गर्भवती भइन र छोरी जन्माइन् । उनीमाथिको दुव्र्यवहार रोकिएन । दलालले उनले जन्माएको शिशुलाई सौदाबाजिको हतियार बनाउन थाल्यो । उसका हरेक इच्छा पूरा नगरे नावालक छोरी लाइ घाँटी निचोरेर मारिदिने बारम्बार चेतावनी दिन थाल्यो ।

सन् २००८ मा प्रहरीले मेक्सिका् सहरमा तस्करीविरुद्द विशेष कारबाही चलाएको थियो । सोही क्रममा उनको अप्रत्यासित उद्दार भयो । उनले चार बर्ष लामो अग्निपरिक्षा पार गरिन् । उद्दार गरिँदा उनी केवल १६ वर्षकी थिइन् । तर, उनिमाथि जिन्दगीभर कहिल्यै नमेटिने कलंकको दाग लागेको छ । कार्ला अहिले २५ वर्ष पुगेकी छिन् । उनी मानवतस्करविरुद्द ठाउँठाउँमा घन्काउँदै आफुले भोगेका पिडा सार्वजनिक कार्यक्रममा सेयर गर्दै हिँड्छिन् ।

दुईवर्षअघि उनले आफ्ना कथा क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिललाई बताएकी थिइन् । सोही वर्षको मेमा अमेरिकी कंग्रेसमा पनि सुनाएकी थिइन् । उनको पिडादायी कथाले कार्लाजस्ता हजारौं युवती जीवनलाई बर्बादीतर्फ धकेलेको मेक्सिकोको पासविक मानव तस्करको वास्तविकतालाई उजागर गर्छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्