लहानमा निषेधाज्ञा जारी



सुभेन्द्र दास, लहान ।

सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पछिल्लो समय लहान नगरपालिका ८ का एक जनासहित सो क्षेत्रका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि ३२ गतेसम्मका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ ।

छिमेकी जिल्ला सप्तरीमा पनि कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिनुभयो । वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको पनि स्वाब सङ्कलन भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताउनुभयो ।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको थियो । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्