सेनाद्वारा गर्भवती महिलाको उद्दार 



सरस्वती न्यौपाने, रसुवा । 

लामटाङ राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेना कालिजंग गणले एक गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ ।

आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गत्लाङ निवासी ३६ वर्षिय मेघ माया तामाङ साउन २१ गते सुत्केरी ब्यथा लागेपछी अत्याधिक रक्तस्राव भएका कारण अचेत अवस्थामा पुगेकाले सडक अवरुद्ध छ निजि हेलिकप्टरमा लैजाउ आर्थिक अवस्था कमजोर भएकोले राष्टपति महिला उत्थान कार्यक्रम अन्तर्गतबाट आमाछोदिङो गाउँपालिका सङ्कग समन्वय गरि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको सह-सेनानी प्रविन थापाले दिनुभयो ।

शुक्रबार आमाछोदिङमो गाउँपालिकाले प्रशासन कार्यालयलाई पत्राचार गरि नेपाली सेनाकोको हेलिकप्टरले माङचेतमा ल्याण्ड गरि उक्त विरामी महिलालाई प्रशुुतिगृह थापाथली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्