प्रदेश विकास समस्या समाधान समितिमा म्याग्दे गाउँपालिका अध्यक्ष राना मनोनित



मिला दरै, तनहुँ ।

गण्डकी प्रदेशले विकास समस्या समाधान समितिमा नौ जनप्रतिनिधिलाई शुक्रबार मनोनित गरेको छ । समितिको सदस्यमा तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना मनोनित हुनुभएको छ ।

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँड, बाग्लुङक नगरपालिकाका प्रमुख जनकराज पौडेल, नवलपुरको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, पर्वतको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषाललाई समेत सदस्यमा मनोनित गरिएको छ ।

त्यसैगरी लमजुङको क्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले, मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्ट र म्याग्दीको मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीलाई समितिको सदस्यमा मनोनित गरिएको गण्डकी प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्