कृष्ण जन्माष्टमीमा कृष्ण मन्दिर बन्द 



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले यो वर्षको कृष्ण जन्माष्टमीमा मंगलबजारको कृष्ण मन्दीर बन्द रहने जनाएको छ । महानगरपालिका र मंगलटोल सुधार संघले हिजो बिहीबार विज्ञप्ति जारी गरी भक्तजनलाई घरबाटै पुजा अर्चना गर्न आग्रह गरेको छ ।

यो वर्षको कृष्ण जन्माष्टमी २७ गते मंगलबार पर्छ । महानगरले यो वर्षको सबै चाडपर्वलाई घरमै बसेर मनाउन आग्रह गरिसकेको छ । कृष्ण जन्माष्टमीमा राष्ट्रपति आउनेकार्यक्रम थियो । कोभिडको कारण मन्दीर भिडभाड बढ्ने भएकोले मन्दीर बन्द गर्ने निर्णय गरेको हो–महानगरका मेयर चिरिबावु महर्जनले भन्नुभयो ।

महानगरका प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा र समितिका अध्यक्ष किरणमान प्रधानले संयुक्त विज्ञप्ति जारी गरी घरभित्रै पुजा अर्चना गरी परम्परालाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्