नायक अनमोल केसीलाई कोरोना संक्रमणको आशंका



न्यूज अफ नेपाल, काठमाडौं ।

सुटिङका क्रममा एकजनालाई कोरोना संक्रमण भएको खबर आएपछि नायक अनमोल केसीले कोरानो परिक्षण गराएका छन्।

केही दिनअगाडि यामाहाको एक स्कुटरको विज्ञापनको सुटिङ गरिएको र त्यस क्रममा सामेल यामाहाका एक कर्मचारीलाई कोरोना पुष्टी भएको खबर आएपछि अनमोलले पनि कोरोनाको परिक्षण गराएका हुन्। अनमोलका अभिनेता, निर्माता तथा निर्देशक बाबु भुवन केसीले यामाहाबाट सुटिङमा संलग्न एकजनालाई कोरोना पुष्टी भएकाले अनमोललाई पनि परिक्षण गराउन खबर आएपछि उनले कोरोना परिक्षण गराएका छन्। परिक्षणको रिपोर्ट भोलि शनिवार आउने भुवनले बताए।

‘सुटिङमा रहेकास्टाफ हो कि टेक्निसियनलाई कोरोना देखिएकाले यामाहाबाट अनमोललाई पनि टेष्ट गर्न खबर आएपछि उसले टेष्ट गराएको छ। रिपोर्ट भोलि आउँछ। अनमोलमा कोरोनाको कुनै लक्षण देखिएको छैन। तर पनि ऊ सोसल डिस्टयान्स मेन्टन गरेर कोठामा एक्लै बसिरहेको छ। सुटिङका ती सदस्यलाई कोरोना पुष्टी भएकाले अनमोलको रिपोर्ट के आउला भन्ने तनाव भईरहेको छ’ भुवनले न्यूज अफ नेपालसँग कुरा गर्दै भने।

प्रतिक्रिया दिनुहोस्