पहिरोबाट विस्थापित फुलबारीका आठ परिवारलाई सहयोग



सरस्वती न्यौपाने (रसुवा)

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. एक हाकु स्थित फुलबारीका पहिरोबाट विस्थापित भएका आठ परिवारलाई सांसद मोहन आचार्यको व्यक्तिगत खर्चबाट अस्थायी आवासका लागी सामाग्री सहित खाद्यान्न वितरण गर्नु भएको छ ।

विस्थापित भएका आठ परिवार लाई गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे स्थित केबुमा करिव तीन रोपनी जग्गा भाडामा लिई अस्थायी आवासका लागी प्रति परिवार ४० पिस जस्ता २५ पिस बास र आवश्यक तार उपलब्ध गराई जग्गाको भाडा सांसद आचार्यले नै व्यहोर्ने स्वकिय सचिव सुनिल पौडेल ले जानकारी दिनु भयो ।

गएको साउन ११ गते अविरल वर्षाका कारण गएको पहिरोबाट हाकु स्थित फुलबारी उच्च जोखिममा रहेको छ भने सुरक्षित स्थान खोजिरहेका आठ परिवारलाइृ सांसद आचार्यले सहयोग गर्नु भएको हो।

यस्तै भू-कम्पले गर्दा हाकु एक र दुईबाट विस्थापित भएर धुन्चेमा बस्दै आउनु भएका एक सय पाँच घर परिवारलाई प्रति परिवार २५ के.जी जिरा मसिनो चामल तेल १ लिटर दुई पाकेट नुन र दाल दुई के.जी प्रदान गर्नुभयो भने उक्त सामाग्री वितरणमा प्रदेश साँसद प्रेम तामाङ, आमाछोदिङमो गाउँपालिकाको प्रमुख बुचुङ तामाङ नेपाली काग्रेसका पार्टी सभापति पेम्बा छिरिङ तामाङ सहभागी भई विहिवार सदरमुकाम धुन्चेमा वितरण गरिएको हो । नेपाली काग्रेँस जिल्ला कार्य समिति सदस्य डिटि तामाङ रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्