झापामा जङ्गली हात्तीको आक्रमणबाट ४३ जनाको मृत्यु



भद्रपुर(ने.स)

जङ्गली हात्तीको आक्रमणबाट झापामा ४३ जनाको ज्यान गएको छ । पछिल्लो पटक गएराति झापाको कमल गाउँपालिका वडा नम्बर ५ टुक्रेस्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रोहित रेग्मीको हात्तीका कारण ज्यान गएपछि मर्नेको सङ्ख्या ४३ पुगेको हो ।

वि.सं.२०६२ साल यता ०७७ साउन २२ सम्मकोे तथ्याङ्ले १२ वटा हात्ती विविध कारणले मरेका छन् भने ५ जना गैर नेपालीसहित ४३ जनाको ज्यान गएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । हात्तीका कारण सयौँको घरगोठमा क्षति पुर्याएको छ भने करोड रुपैयाँको नोक्सानी गरिसकेको छ ।

शुक्रबार विहान सवा ४ बजेतिर आएका दुइवटा हात्तीले रेग्मीको टिनको छानो भत्काउन थालेपछि भाग्नेक्रममा घर नजिकै कुल्चिएर मारेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

हात्तीले मारेको खबर ईलाका प्रहरी कार्यालय दमकमा स्थानीयले जानकारी गराएपछि घटनास्थल पुगेको टोलीले शवलाइ शुरक्षीत राखिएको उहाँको बताउँनुभयो । हात्ती नियन्त्रणका लागि झापामा विविध प्रयास गरेपनि उपद्रो भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्