केमा चित्त दुख्यो मायामा



गत वर्षको तीज पर्वका लागि सार्वजनिक गरिएको सफल तीज गीत तिम्रो मायाको सफलतापछि गायिका पूजा क्षत्री यस वर्षको तीजको कोशेलीस्वरूप केमा चित्त दुख्यो मायमा लै लिएर आएकी छिन्।

हिन्दूको महान् पर्व हरितालिका तीजको अवसरमा शिव हमालको लय तथा शब्दमा लोकदोहोरी गायक राजु परियार र गायिका पूजा क्षत्रीले गाएको तीज गीत केमा चित्त दुख्यो मया लै एक्सिस् मिडिया इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

गायिका क्षत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन, आफ्ना एल्बममा समेत नेपाली समाज र समयसापेक्ष सन्देश पस्कँदै आएकी छिन्। मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुति रहेको भिडियोमा अजय रेग्मीले छायांकन तथा प्रवीण भट्टको सम्पादन रहेको छ। सुर्खेतमा जन्मिएकी पूजा क्षत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन्। गायिका क्षत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन्।

उनको १६ भन्दा बढी एल्बम बजारमा आइसकेका छन् भने २४ भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्। उनले मिलन लामासँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो। हरितालिका तीज नेपाली महिला तथा संस्कृतिको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिँदै आएको तथा सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्