मेगा बैंकद्वारा बीमाको रकम प्रदान



काठमाडौैं (नेस)
मोेटरसाइकल दुर्घटनामा परी निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपालले बीमावापत सात लाख रुपियाँ प्रदान गरेको छ ।
मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बीमावापत सात लाख रुपियाँ हस्तारन्तरण गरेको हो ।
गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्रजंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका– ११ स्थित घरमा बिदामा गएका बेला गत फागुन १ गते धनगढीमा मोटरसाइकल दुर्घटना भई निधन भएको थियो । मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्रजंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बाबु टीकाराम रानालाई बीमावापतको रकम हस्तान्तरण गर्नुभयो ।
न्यूनतम एक हजार रुपियाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपियाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्